यी हुन् खर्च विवरण पेस नगर्ने उम्मेदवारहरू (सूचीसहित)
काठमाडौं । निर्वाचन आयोगले गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको खर्च विवरण पेस नगर्ने उम्मेदवारहरूलाई सात दिनभित्र सफाइसहितको स्पष्टीकरण बुझाउन निर्देशन दिएको छ ।
आयोगले आज एक सूचना सार्वजनिक गर्दै उम्मेदवार र संलग्न पार्टीको नाम तोकेर सात दिनभित्र स्पष्टीकरण बुझाउन निर्देशन दिएको हो ।खर्च विवरण पेस नगर्नुको चित्तबुझ्दो कारण पेस गर्न नसकेमा कारबाही प्रक्रिया अघि बढाइने आयोगले जनाएको छ ।
उक्त निर्वाचनमा प्रतिनिधि सभातर्फको उम्मेदवार ३७ जना र प्रदेश सभातर्फको उम्मेदवार ३७ जनाले खर्च विवरण नबुझाएको भनि आयोगले नाम समेत सार्वजनिक गरेको छ ।
आयोगका अनुसार, कोशी प्रदेशमा प्रतिनिधि सभातर्फ ६ जना र प्रदेश सभा तर्फ ६ जना गरी १२ जना, मधेश प्रदेशमा प्रतिनिधि सभातर्फ ११ जना र प्रदेश सभातर्फ २२ जना गरी ३३ जना, बागमती प्रदेशमा प्रतिनिधि सभातर्फ १५ जना र प्रदेश सभातर्फ ७ जना गरी २२ जना, गण्डकी प्रदेशमा प्रतिनिधि सभातर्फ ४ जना र प्रदेश सभातर्फ एक जना गरी ५ जना, लुम्बिनी प्रदेशमा प्रतिनिधि सभातर्फ एक जना, सुदुरपश्चिम प्रदेशमा प्रदेश सभातर्फ एक जनाले खर्च विवरण बुझाउन बाँकी छ ।
हुर्नेहोस् सूची ।

