सशस्त्रका सहायक हवल्दारले चलाए आफैंमाथि गोली

तु खबर संवाददाता
२०८० बैशाख ४, सोमबार ०८:४६
file photo

दाङ । दाङको तुलसीपुर कारागारमा सशस्त्र प्रहरीका सहायक हवल्दारले आफैंलाई गोली हानी आत्महत्या गरेका छन् ।

तुलसीपुर उपमहानगरपालिका–८, टिकरीका ३५ वर्षीय बसन्त केसीले डयुटीमा खटिएको बेला आइतबार साढे राति ८ बजे आफैंलाई गोली हानेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

प्रहरीका अनुसार, गोली लागेर हवल्दार केसीको घटनास्थलमै मृत्यु भएको हो । उनी कारागार सुरक्षा गुल्म तुलसीपुरमा पाँच दिन पहिले मात्रै आएका थिए ।

यसअघि उनी ४८ नम्बर रिजर्भ गुल्म कपिलवस्तुमा कार्यरत थिए । घटनाबारे अनुसन्धान भैइरहेको जनाइएको छ ।