आइतबार २३ अंकले घट्यो नेप्से परिसूचक
काठमाडौं । आज साताको पहिलो दिन शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से सूचक २३ अंकले घटेर १८८५ को विन्दुमा पुगेर रोकिएको छ ।
आज नेप्सेमा सूचीकृत २६० कम्पनीको ३६ लाख ४९ हजार १९६ कित्ता शेयर किनबेच हुँदा एक अर्ब १६ करोड २६ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
नेप्सेमा रहेका सबै उपसूचक आज राताम्य रहेका छन् । सर्वाधिक व्यापार इन्डेक्स २.५८ प्रतिशत र हाइड्रोपावर इन्डेक्स १.६३ प्रतिशतले घटेको छ ।
