कांग्रेसको बैठक बस्दै, उपनिर्वाचनबारे छलफल हुने

तु खबर संवाददाता
२०७९ चैत्र १९, आईतवार ०७:२६

काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । बैठक पार्टी कार्यालय सानेपामा आइतबार बिहान १० बजे बस्ने भएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
उनका अनसार बैठकमा उपनिर्वाचनबारे छलफल हुनेछ । बारा २ मा उम्मेदवारी दिने वा जसपाका उम्मेदवारलाई समर्थन गर्ने बैठकले निर्णय लिने छ ।
कांग्रेसले तनुहँ १ मा गोविन्द भट्टराई र चितवन २ ममा जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाएको छ । उपनिर्वाचनको तयारीका लागि केही नेताहरुले बैठकले जिम्मेवारी दिने छ ।
यस्तै, बैठकमा पार्टीले पाएको थप चार मन्त्रालयमा को कसलाई पठाउने भन्ने विषयमा पनि छलफल हुनेछ ।