बागमती प्रदेशः एमाले सरकारबाट बाहिरियो
हेटौंडा । बागमती प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ ।
एमालेबाट मन्त्रिपरिषद्मा रहेका मन्त्रीहरुले आजै मुख्यमन्त्री शालिकराम जम्मकट्टेलसमक्ष राजीनामा बुझाएका छन् ।
शुक्रबार बसेको प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले बागमती सरकारबाट आफुहरु बाहिरिएको जानकारी दिँदै आफुहरु अब प्रतिपक्षको भूमिकामा रहने उल्लेख गरे ।
उनले मुख्यमन्त्रीको विश्वासको मतको प्रस्तावको विपक्षमा मतदान गर्ने समेत बताए ।
एमालेबाट संसदीय दलका नेता थपलिया आर्थिक मामिला तथा योजना मन्त्री, एकलाल श्रेष्ठ श्रम रोजगार तथा यातायात मन्त्री, केशवप्रसाद पोखरेल कृषि पशुपन्छी विकासमन्त्री र रामेश्वर श्रेष्ठ स्वास्थ्यमन्त्री नियुक्त भएका थिए ।
