मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल गर्न बालुवाटार पुगे देउवा

तु खबर संवाददाता
२०७९ चैत्र ९, बिहीबार १८:०१
file photo

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बालुवाटार पुगेका छन् । मन्त्रिपरिषद् पुनर्गठनबारे छलफलका लागि उनी बालुवाटार पुगेका हुन् । उनीसँगै उपसभापति पूर्णबहादुर खड्का पनि बालुवाटार पुगेका छन् ।

बालुवाटारमा प्रधानमन्त्री प्रचण्डले नेताहरुसँग अनौपचारिक छलफल राखेका छन् । सोही छलफलमा सहभागी हुन कांग्रेसका सभापति देउवा बालुवाटार पुगेका हुन् ।

छलफलमा देउवासहित नेकपा एकीकृत समाजवादी र गठबन्धनका अन्य नेतासमेत सहभागी हुने बताइएको छ । प्रचण्डले पुस १० भित्र मन्त्रिपरिषद्लाई पूर्णता दिएपनि हालसम्म ठोस सहमति भइसकेको छैन । पुस १० को डेडलाइन आएसँगै प्रचण्डले छलफललाई तीब्रता दिएका हुन् ।