मुख्यमन्त्री जमकट्टेललाई विश्वासको मत दिने कांग्रेसको निर्णय
मकवानपुर । नेपाली कांग्रेसले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेललाई विश्वासको मत दिने निर्णय गरेको छ ।
कांग्रेस बागमती प्रदेश संसदीय दलको बुधबार दिउँसो काठमाडौंमा बसेको बैठकले उक्त निर्णय गरेको संसदीय दलका उपनेता रामकृष्ण चित्रकारले जानकारी दिए ।
बैठकले सत्तापक्षीय गठबन्धन दलहरुबीच सहमति अनुसार, सरकारको निर्माण गर्ने समेत निर्णय भएको उनले बताए ।
मुख्यमन्त्री जमकट्टेलले विश्वासको मत लिनको लागि आज अपराह्न ३ बजेको लागि बोलाइएको प्रदेश सभाको बैठक स्थगित भएको छ । नेपाली कांग्रेसका सांसदहरु काठमाडौंका भएको र बैठकमा अनुपस्थित हुने भएका कारण बैठक स्थगित गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ ।
