जसपाद्वारा कार्यकारिणी समितिको बैठक आह्वान
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले बिहीबार केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान गरेको छ । बैठक बिहीबार बिहान ११ बजे बस्ने गरी आह्वान गरिएको नेताहरुले बताएका छन् ।
बैठकमा पार्टीको तर्फबाट समानुपातिक सांसदबारे छलफल हुनेछ । जसपाकी शहनाज रहमानको निधन भएपछि प्रतिनिधि सभा तर्फको एक स्थान रिक्त छ ।
जसपाको समानुपातिक बन्दसूचीमा मुस्लिम क्लस्टरमा शहनाज रहमानपछि दोस्रो स्थानमा मञ्जु अन्सारी रहेकी छन् । एक नेताका अनुसार, मञ्जु अन्सारी सांसद बन्ने बढी सम्भावना रहेको छ ।
