कांग्रेसले कार्यसम्पादन समितिको बैठक बोलायो
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । बैठक मंगलबार बिहान ८ बजे कांग्रेस सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बस्ने गरी बोलाइएको पार्टीका महामन्त्री गगन थापाले जानकारी दिए ।
बैठकमा उप–राष्ट्रपतिको चुनाव केन्द्रित छलफल हुने उनले बताए । आगामी चैत्र ३ गते हुने उप–राष्ट्रपतिमा एमालेबाट अष्टलक्ष्मी शाक्य, जसपाबाट रामसहायप्रसाद यादव र जनमतबाट ममता झा उम्मेदवार रहेका छन् । जसपाका उम्मेदवार यादवलाई कांग्रेस, माओवादी र एकीकृतको पनि समर्थन रहेको छ ।
गठबन्धन सम्बद्ध लोसपा र नाउपाले जनमतकी उम्मेदवार झालाई समर्थन गरेको अवस्था छ ।
