उपनिर्वाचनका लागि दलहरूलाई चुनाव चिन्ह प्रदान

तु खबर संवाददाता
२०७९ फाल्गुन २५, बिहीबार १६:३२

काठमाडौं । आसन्न बैशाख १० मा हुने चितवन जिल्ला निर्वाचन क्षेत्र नम्वर २ को प्रतिनिधि सभा सदस्य उपनिर्वाचनका लागि दर्ता भएका राजनीतिक दलहरूलाई चुनाव चिन्ह प्रदान गरिएको छ ।

उपनिर्वाचनका लागि निर्वाचन आयोगले १८ वटा दलहरूलाई प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ३१ को उपदफा (१) बमोजिमको निर्वाचन चिन्ह निर्धारण गरी सम्बन्धित दललाई प्रदान गरिएको जर्नाको छ ।

सोही दफाको उपदफा (७) बमोजिम उपनिर्वाचन हुँदाका बखत प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूलाई ती दलहरूले मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त गरेको मत संख्याको आधारमा र प्रतिनिधि सभामा प्रतिनिधित्व नगर्ने राजनीतिक दलहरूलाई निर्वाचन प्रयोजनका लागि आयोगमा दर्ता भएको क्रमको आधारमा उम्मेदवारको निर्वाचन चिन्ह मतपत्रमा समावेश गर्ने निर्णय समेत आयोगबाट गरिएको छ ।