एमालेले सुवास नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने
काठमाडौं । नेकपा एमालेले सुवास नेम्वाङ राष्ट्रपतिको उम्मेदवार बनाउने भएको छ । एमालेका तर्फबाट नेम्वाङ राष्ट्रपतिको उम्मेदवार बनाउने तय भएको नेकपा एमालेका सचिव योगेश भट्टराईले जानकारी दिए ।
यस्तै, नेपाली कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने भएको छ । आज बिहान बसेको कार्य सम्पादन समितिको बैठकले पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
नयाँ सहमति अनुसार, कांग्रेस–माओवादीसहित ८ दलीय गठबन्धन बनेको छ । जसअनुसार राष्ट्रपतिमा कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने निर्णय भएको छ ।
राष्ट्रपतिको निर्वाचनका लागि पौडेलको नाम बैठकबाट अनुमोदन भएसँगै आजै १ बजे पौडेलले उम्मेदवारी दर्ता गराउने तयारी भएको छ ।
राप्रपाले भने सरकार छोड्ने र राष्ट्रपतिलाई समर्थन नगर्ने निर्णय गरेको छ ।
