बुधबार शेयरबजारमा हरियाली छायो

तु खबर संवाददाता
२०७९ फाल्गुन १०, बुधबार १६:०८
file-photo

काठमाडौं । केही दिनदेखि लगातार गिरावट आएको शेयरबजारमा आज हरियाली छाएको छ । केही दिनयता ओरालो लागेको नेप्से सूचक आज ३३.५७ अंकले बढेर २०८० को विन्दुमा पुगेर रोकिएको हो ।

नेप्सेमा रहेका २६९ कम्पनीको ४७ लाख ७९ हजार ७९६ कित्ता शेयर किनबेच हुँदा एक अर्ब ८० करोड ३२ लाख रुपैयाँमाथिको कारोबार भएकोछ ।

त्यस्तै, नेप्सेमा रहेका १३ इन्डेक्स मध्ये आज माइक्रोफाइनान्स, म्युचुअल फण्ड र ब्यापार उपसूचक बाहेकका सबै उपसूचकमा हरियाली छाएको छ । सर्वाधिक आज हाइड्रोपावर उपसूचक बढेको छ भने माइक्रोफाइनान्स सूचक १.४० प्रतिशतले घट्न पुगेको छ ।