राष्ट्रपति निर्वाचनबारे छलफल गर्न बालकोट पुगे प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् । राष्ट्रपतिको निर्वाचन नजिकिएका बेला राष्ट्रपतिमा कसलाई अघि सार्ने भन्नेबारे द्धलफल गर्न प्रचण्ड र ओली निवास बालकोट पुगेका हुन् ।
राष्ट्रपतिको उम्मेदवारलाई लिएर बिहीबार पनि प्रचण्ड र ओलीबीच बालुवाटारमा छलफल भएको थियो । तर, दुई नेताहरु सहमतिमा पुग्न सकेका थिएनन् ।
