संसद भवन अगाडि एक व्यक्तिद्वारा आत्मदाहको प्रयास

तु खबर संवाददाता
२०७९ माघ १०, मंगलवार १६:३१

काठमाडौं । संघीय संसद भवन अगाडि मंगलबार दिउँसो एक व्यक्तिले आफैंलाई आगो लगाएर आत्महत्याको प्रयास गरेका हुन् ।

बानेश्वरबाट तीनकुने मार्गमा मुख्य सडककै बिचमा इलाम पञ्चकन्याका प्रेमप्रसाद आचार्यले पेट्रोल खन्याएर आफैंलाई आगो लगाएका हुन् ।

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) संसद भवनबाट बाहिर निस्के लगत्तै आत्मदाह गरेका हुन् । उनलाई प्रहरीले उद्धार गरेर बर्न अस्पताल कीर्तपुर अस्पताल लगेका थिए ।