तरुण दलको कार्यसमितिलाई पूर्णता दिन देउवाको निर्देशन

तु खबर संवाददाता
२०७९ पुष २०, बुधबार १५:४०
file-photo

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तरुण दलको कार्यसमितिलाई पूर्णता दिन निर्देशन दिएका छन् । सभापति देउवाले तरुण दलको कार्यसमितिलाई पूर्णता दिनका लागि पार्टीका नेताहरुसँग छलफल गर्न तरुण दलका अध्यक्ष विद्वान गुरुङलाई निर्देशन दिएका हुन् ।

गुरुङले बुधबार (आज) बिहान सभापति देउवालाई उनको निवास धुम्बाराहीमा भेटेका थिए । सोही क्रममा अन्य समूहका नेताहरुलाई भेटेर तरुण दललाई पूर्णता दिन सभापतिले निर्देशन दिएको गुरुङले बताए ।

विधानतः तरुण दलको कार्यसमिति ९५ सदस्यीय हुने व्यवस्था छ । कार्यसमितिमा अध्यक्ष बाहेकका पदाधिकारी नहुने उनले बताए । पार्टी केन्द्रको निर्णय अनुसार, संघको निर्वाचन सकिएको तीन महिनाभित्र भ्रातृ संस्थाले अधिवेशन गर्नुपर्दछ ।