काठमाडौं क्षेत्र नं. ४ : गगन थापा जित नजिक

तु खबर संवाददाता
२०७९ मंसिर ६, मंगलवार ०९:५५
file-photo

काठमाडौं । काठमाडौं क्षेत्र नम्वर ४ बाट प्रतिनिधि सभा सदस्य पदका लागि नेपाली कांग्रेसका गगन थापा जितको नजिक पुगेका छन् ।

अब ४ हजार ८७१ मत मात्रै गन्न बाँकी छ । तर, अहिले नै गगनको मतान्तर ५ हजारभन्दा बढी भएकाले उनको जित निश्चित भएको हो । काठमाडौं क्षेत्र नम्वर ४ मा गगनसँग नेकपा एमालेका डा. राजन भट्टराई प्रतिस्पर्धामा छन् ।