शेयर बजारमा दोहोरो अंकको गिरावट
काठमाडौं । आज साताको चौथो दिन अर्थात बुधबार पनि निरन्तर घटेको छ । आज नेप्से सूचक १२.८१ अंकले घटेर १८४५.५१ विन्दुमा बन्द भएको छ ।
आज ६४ करोड ३६ लाख रुपैयाँको सेयर कारोबार भएको छ । बुधबार बजारमा २१ लाख ५१ हजार ७१४ कित्ता सेयर किनबेच हुँदा ६४ करोड ३६ लाख ८ हजारको कारोबार भएको छ । जसमध्ये सोल्टी होटलको सर्वाधिक ३ करोड ७२ लाख १३ हजारको कारोबार भएको छ ।



