भैरहवाको बाल सुधारगृहबाट ५ जना किशोर भागे
रुपन्देही । रुपन्देहीको भैरहवामा रहेका बाल सुधारगृहबाट सोमबार ५ जना किशोरहरू भागेका छन् । विभिन्न मुद्दाका ती किशोरहरू सुधारगृहको झ्याल तोडेर आज बिहान ३ बजेको समयमा भागेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
प्रहरीका अनुसार, रुपन्देहीका एक, पश्चिम नवलपरासीका ३ र स्याङ्जाका एक गरी ५ जना किशोरहरू भागेका हुन् । उनीहरूमध्ये ३ जना जबरजस्ती करणी, एक जना चोरी र एक जना लागूऔषध मुद्दा अभियोग प्रमाणित भएर सुधार गृहमा राखिएको थियो । उनीहरुको तीव्र रूपमा खोजी कार्य भइरहेको जनाएको छ ।
