सहयोगी मन नेपालले मनायो चौथो स्थापना दिवस
मकवानपुर । सहयोगी मन नेपालले चौथोे स्थापना दिवस मनाएको छ । संस्थाका अध्यक्ष केदारप्रसाद चौलागाईंको सभाध्यक्षता एवम् बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश प्रमुख शर्माले सहयोगी मन नेपालले बहन गर्दै आएको सामाजिक उत्तरदायित्वप्रति खुलेर प्रशंसा गरे । ‘कठिन परिस्थितिमा पनि यस संस्थाले असहाय, बृद्धबृद्धा, विपन्न वर्ग एवम् जसले सहयोग याचना गरिरहेका छन् । उनीहरुलाई मनैदेखि सहयोग गरेको देखेँ । धेरै खुसी लाग्यो ।’
उनले सहयागी मन नेपालका अध्यक्ष चौलागाईंको जस्तै भावना सबैले विकास गर्न सके सुन्दर र समुन्नत समाजको निर्माण हुने बताए ।
कार्यक्रममा संस्थाले प्रत्येक वर्ष स्थापना दिवसको अवसरमा गर्दै आएको सम्मान तथा छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिएको छ ।
हेटौंडा १५ निवासी ९० वर्षीया बृद्धा भोजकुमारी बस्नेत र शारिरिक रुपमा अशक्त सोही वडा निवासी धर्म खरेललाई संस्थाले सम्मान गरेको हो । त्यस्तै जनप्रिय माविका जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख ललित घलान, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान संयाृेजक चिरन्जीवी चुँडाल, राप्रपा नेपालका प्रदेश सचिव गुन्जबहादुर न्यौपाने, कांग्रेस मकवानपुरका सभापति बुद्ध लामा, हेटौंडा ६ का वडाध्यक्ष विष्णु दाहाल, १७ का वडाध्यक्ष उद्धव सत्याल, १६ का वडाध्यक्ष रामकृष्ण कोइराला, मउवा संघका अध्यक्ष कृष्णगुप्ता अग्रवालगायत सुरक्षा निकायका उच्च पदस्थ अधिकारीहरु तथा सामाजिक एवम् धार्मिक व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
