झरना साहित्यिक परिवार मकवानपुरको अध्यक्षमा सञ्जेल निर्वाचित
मकवानपुर । झरना साहित्यिक परिवार मकवानपुरको अध्यक्षमा विश्वनाथ सञ्जेल निर्वाचित भएका छन् । सोमबार बकैयाको महेन्द्र माविमा भएको झरनाको चौथो अधिवेशनबाट सञ्जेलको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरिएको हो ।
यस्तै, झरनाको उपाध्यक्षमा चिरञ्जीवी लामिछाने र गायत्री रुपाखेती, सचिवमा मसान उपासक, कोषाध्यक्षमा कृष्ण घतानी, सहसचिवमा सन्तराम राई चयन भएका छन् । यसैगरी, सदस्यहरुमा क्रमशः विश्व राई, शुभलक्ष्मी प्रभा, देवराज लामिछाने, निलहरि ढुंगेल, अमृता लामिछाने, प्रेमबहादुर भोम्जन, विजय दोङ चयन भएका छन् ।
कार्यक्रम झरना साहित्यिक परिवारका निवर्तमान अध्यक्ष दीपक गौतमको अध्यक्षता तथा बकैया गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानेको प्रमुख आतिथ्यमा भएको हो ।
अधिवेशनको अवसरमा झरनाले पालिकाका पूर्वअध्यक्ष दामोदर खनाल, उपाध्यक्ष सरला बोलखे, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पुडासैनी, समृद्ध समाज दैनिक पत्रिका, संस्थापक अध्यक्ष रमेशमोहन अधिकारी, सल्लाह उद्धव सापकोटा, सल्लाहकार नूरप्रसाद गौतम, जर्नादन खनाललाई सम्मान गरिएको थियो ।
अधिबेशनमा दीपक गौतमले पेश गरेको अध्यक्षको प्रतिवेदन, मसान उपासकले पेश गरेको सचिवको प्रतिवेदन र कृष्ण घतानीले पेश गरेको कोषाध्यक्षको प्रतिवेदन साधारण सभाले पास गरेको थियो ।
कार्यक्रममा निमेष निखिल, आरसी रिजाल, राजकुमार लामिछाने, श्रीराम अधिकारी, सम्प्रस पौडेल, कुवेर पराजुली, बकैया गाँउपालिकाका उपाध्यक्ष भक्तबहादुर खत्री, बकैया गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।
