शेयर बजारमा उच्च अंकको गिरावट
काठमाडौं । आज बिहीबार अर्थात साताको पाँचौ दिन शेयर बजारमा उच्च अंकको गिरावट आएको छ । बुधबार एकाएक ४७ अंकले सुधार देखिएको शेयर बजार आज गिरावट आएको हो ।
आज नेप्से परिसूचक ५७ अंकले घटेर १९२४ विन्दुमा पुगेको छ । नेपाल बैंकर्स संघको आज बसेको कार्यसमितिको बैठकले राष्ट्र बैंकको निर्देशनमा रही बैंकहरुले आफुखुशि ब्याजदर निर्धारण गर्न पाउने निर्णय गरेसँगै शेयरबजार प्रभावित बन्न पुगेको हो ।
आज नेप्सेमा सूचीकृत २३२ कम्पनीको ६९ लाख ४० हजार ५९६ कित्ता शेयर किनबेच हुँदा २ अर्ब १२ करोडमाथिको कारोबार भएको छ । त्यस्तै, नेप्सेमा रहेका १३ उपसूचक नै आज राताम्य छन् ।
