नेपाल मगर विद्यार्थी संघ मकवानपुरको अध्यक्षमा पुनः पुलामी

तु खबर संवाददाता
२०७९ भाद्र २६, आईतवार ०८:५३

मकवानपुर । नेपाल मगर विद्यार्थी संघ मकवानपुरको अध्यक्षमा पुनः शिव पुलामी मगर चयन भएका छन् । संघको शनिबार हेटौंडामा भएको ९ औं अधिवेशनबाट पुलामीलाई पुनः अधयक्षमा चयन गरिएको हो ।

यस्तै, संघको उपाध्यक्षमा विवश राना मगर, सचिव अनिल पुलामी, सहसचिव मनिषा सारु, कोषाध्यक्ष पुष्पराज पिठाकोटे मगर चयन भएका छन् । नेपाल मगर संघका केन्द्रीय अनुशासन विभाग संयोजक अशोक सारु मगरको प्रमुख आतिथ्यतामा भएको हो ।

अधिवेशनमा मगर संघ केन्द्रीय सदस्य अमृता थापा मगर, बागमती प्रदेश सदस्य खेम जर्गा, मगर विद्यार्थी संघ प्रदेश उपाध्यक्ष अस्मिता पुलामी मगरलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा नेपाल मगर संघ मकवानपुर उपाध्यक्ष उर्मिला राना मगर, सचिव महेन्द्र राना मगर, सहसचिव भुपेन्द्र राना मगर तथा निवर्तमान सहसचिव आशिष अस्लामीको अतिथ्यता रहेको थियो ।