मगर साँस्कृतिक संघ मकवानपुरको अध्यक्षमा अशोक ग्यालन

मकवानपुर । नेपाल मगर सांस्कृतिक संघ जिल्ला समिति मकवानपुरको अध्यक्षमा अशोक ग्यालान मगर चयन भएका छन् । बुधबार हेटौंडामा भएको दोश्रो जिल्ला अधिवेशनबाट ग्यालानको संयोजकत्वमा १३ सदस्यीय कार्यसमिति चयन गरिएको हो ।
उक्त संघको उपाध्यक्षमा बिनिता आले मगर, संचिवमा दीक्षा पहारी मगर, सह–सचिवमा रबिन आले मगर तथा कोषाध्यक्षमा रेबिना जर्घा चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा क्रमशः रेनु राना, बिनया आले, जनु राना, प्रतिमा लामिछाने, बिनिता राना, दिपशिखा राना, बिनिता सिंजाली र ममता आले रहेका छन् ।
कार्यक्रम जिल्ला अध्यक्ष भुपेन्द्र राना मगरको अध्यक्षता एवम् नेपाल मगर संघको केन्द्रीय अनुशासन विभागको संयोजक अशोक सारु मगरको प्रमुख आतिथ्यतामा भएको हो । कार्यक्रममा मगर संघ मकवानपुरका अध्यक्ष होमबहादुर राना, सह–सहसचिव आशिष अस्लामी मगर, सदस्य महेन्द्र राना, मगर महिला संघकी उपाध्यक्ष चमेली सिंजाली र मगर विद्यार्थी संघको अध्यक्ष शिव पुलामी मगरको आतिथ्यता रहेको थियो ।