एन्फा कार्यसमिति बैठक आज बस्दै

तु खबर संवाददाता
२०७९ श्रावण २६, बिहीबार ०८:१९
file-photo

काठमाडौं । पटक–पटक स्थगित भएको अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यसमितिको बैठक आज बिहीबार बस्दैछ । बैठक सातदोबाटोस्थित एन्फा मुख्यालयमा बिहान १० बजेबाट सुरु हुनेछ ।

यसअघि समेत बैठक दुई पटक बोलाएर बस्न सकेको छैन । गत साउन २ गतेका दागि बोलाइएको बैठकमा अध्यक्ष पंकजविक्रम नेम्वाङ अस्वस्थ भएपछि स्थगित गरिएको थियो । यस्तै, साउन ५ गते बसेको बैठक पनि स्थगित भएको थियो । पछिल्लो समय पदाधिकारी भागबण्डा नमिल्दा बैठक स्थगित हुँदै आएको छ ।