वाईसीएलको राष्ट्रिय भेला भदौ ३ र ४ गते हुने
काठमाडौं । नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन वाईसीएललले आगामी भदौ ३ र ४ गते राष्ट्रिय भेला गर्ने भएको छ । भेला गर्नका लागि आवश्यक तयारी गरिरहेको संयोजक सुमन देवकोटाले जानकारी दिए ।
उनका अनुसार, भेलामा समसायिक र राजनीतिक प्रतिवेदन पेश गरिनुका साथै सांगठनिक विषयमा छलफल हुनेछ । यस्तै, संगठनको विधान संशोधन गर्न आवश्यक देखिएकाले भेलाले यसबारे पनि आवश्यक छलफल गरेर निर्णय लिने उनले बताए । नयाँ नेतृत्व समेत चयन गर्ने उक्त भेलामा देशभरबाट ५०० भन्दा बढी प्रतिनिधिको सहभागिता रहने पनि जानकारी दिए ।
