झरनाको २७९ औँ साहित्य शृङ्खलामा लोक छन्द कार्यशाला
मकवानपुर । मकवानपुरको सक्रिय साहित्यिक संस्था झरना साहित्यिक परिवारको २७९ औँ साहित्य शृङ्खला सम्पन्न भएको छ । झरनाले लोक छन्द कार्यशाला गरी २७९ औं साहित्य शृङ्खला सम्पन्न गरेको हो ।
जिल्लाको बकैया गाउँपालिका भित्र रहेका ७ वटा माविहरूका ६० जना भन्दा बढी बालबालिकाहरुलाई लोक छन्द लेखनको प्रशिक्षण गरिएको संस्थाका सचिव मसान उपासकले जानकारी दिए । कार्यक्रम झरनाका अध्यक्ष दीपक गौतमको अध्यक्षता एवम् बकैया गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर खत्रीको प्रमुख आतिथ्यतामा भएको हो ।
कार्यक्रममा झरनाका संस्थापक अध्यक्ष रमेशमोहन अधिकारी, निवर्तमान अध्यक्ष उद्धब सापकोटा, झरनाका सल्लाहकार जनार्दन खनाल, सीता खनाल, कृष्णप्रसाद घिमिरे,चिरञ्जीवी लामिछाने, कृष्ण घतानी, अमृता लामिछाने, स्वस्तिका दाहाल, हरिप्रसाद घिमिरेलगायतको उपस्थिति रहेको थियो ।
