बजेट निर्माणमा बिचौलिया प्रयोगबारे छानबिन गर्न ओलीले गरे संसदीय समितिको माग

तु खबर संवाददाता
२०७९ असार २०, सोमबार १६:१६
file-photo

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले बजेट निर्माणमा बिचौलिया प्रयोग गरिरएको घटना छानबिनका लागि संसदीय समिति गठन गर्न माग गरेका छन् । प्रतिनिधि सभामा सोमबार सम्बोधन गर्दै अध्यक्ष ओलीले बजेट निर्माणमा बाहिरिया व्यक्ति प्रवेश गरेको भन्ने विषयसँग सम्बन्धित सीसीटीभी फुटेजसमेत सार्वजनिक गर्न माग गरेका छन् ।

उनले मन्त्रीहरूले अनेक गर्दा पनि प्रधानमन्त्री निरीह भएर बसिरहेको आरोप लगाए । उनले कुनै अधिकारीले जिम्मेवारी नलिए प्रधानमन्त्रीय प्रणाालीमा प्रधानमन्त्री नै जिम्मेवार हुने उल्लेख गरे ।

अहिले मेरो नेतृत्वको सरकार र मन्त्रीले जे पनि गर्न पाउँछन् भनेर प्रधानमन्त्री बस्न नमिल्ने भन्दै उनले यस्ता कुरामा अरु जवाफदेही भएनन् भने पनि प्रधानमन्त्री जवाफदेही हुनुपर्ने बताए । उनले बजेटमा सेटिङ गरेर करको दर बढाउने–घटाउने गरिएको बताए ।