बागमती प्रदेशस्तरीय वतृत्वकला प्रतियोगितामा तिमल्सिना प्रथम

तु खबर संवाददाता
२०७९ असार ८, बुधबार २०:०१

मकवानपुर । बागमती प्रदेशस्तरीय वतृत्वकला प्रतियोगितामा भक्तपुर चाँगुनारायण नगरपालिकाका प्रवेश तिमल्सिना प्रथम भएका छन् । प्रदेश युवा प्रतिभा पहिचान कार्यक्रमअन्तर्गत् प्रदेश युवा परिषद् कार्यालयको आयोजनामा भएको प्रतियोगितामा निलकण्ठ नगरपालिकाकी समिक्षा अधिकारी द्वितीय भइन् ।

चाँगुनारायण नगरपालिकाका तृष्णा अधिकारी तृतीय र वेलकोट नगरपालिकाका विविना लामिछाने सान्त्वना भएकी हुन् । उनीहरुले क्रमश ३०, २५, २० र १० हजार रुपैयाँ प्राप्त गरेका छन् ।

विजयी तथा सहभागी प्रतियोगीहरुलाई बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री रत्नप्रसाद ढकाल, परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईं र प्रमुख निर्णायक निमेष निखिलले पुरस्कार वितरण गरेका थिए ।