यस्तो छ आजको मौसम पूर्वानुमान
२०७९ असार ३, शुक्रबार १०:२४
काठमाडौं । आज शुक्रबार प्रदेश १ र मधेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार, त्यसबाहेक प्रदेश १, मधेश, बागमती, गण्डकी र लुम्बिनीका केही स्थान र बाँकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा वर्षाको सम्भावना छ ।
यस्तै, आज राति प्रदेश १ र मधेश प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । शनिबार राति प्रदेश १, मधेश, बागमती र गण्डकीका केही, लुम्बिनीका थोरै र अन्य प्रदेशका पहाडी भू–भागमा वर्षाको सम्भावना रहेको छ ।
