स्थापना दिवसमा सुत्केरीलाई स्यानेटरी प्याड वितरण

तु खबर संवाददाता
२०७९ जेष्ठ २७, शुक्रबार ०९:५३

मकवानपुर । नेकपा एमालेको भातृ संगठन नेपाल स्वास्थ्यकर्मी महासंघ मकवानपुरले हेटौंडा अस्पतालमा रहेका सुत्केरीहरुलाई स्यानेटरी प्याड वितरण गरेको छ । संघले आफ्नो १७ औं स्थापना दिवसको अवसरमा शुक्रबार हेटौंडा अस्पतालमा रहेका सुस्केरीहरुलाई स्यानेटरी प्याड वितरण गरेको हो ।

प्याड वितरण कार्यक्रममा नेपाल स्वास्थ्यकर्मी महासंघका उपाध्यक्ष रामहरी ढकाल, महासंघका बागमती प्रदेश सहइन्चार्ज पीताम्बर पन्त, मकवानपुर इन्चार्ज लिलाधर पौडेल, जिल्ला अध्यक्ष भोलाप्रसाद चौलागाई, सचिव उत्सब चौलागाई लगायतकाको आतिथ्यता रहेको थियो ।