आज प्रदेश १ को नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत हुने

तु खबर संवाददाता
२०७९ जेष्ठ २५, बुधबार ०९:१४
file-photo

काठमाडौं । प्रदेश १ ले आगामी आर्थिक वर्ष २०७९/०८० को लागि नीति तथा कार्यक्रम प्रस्तुत हुने भएको छ । त्यसको लागि दिउँसो २ बजेका लागि बैठक आह्वान गरेको जनाइएको छ । प्रदेशसभा बैठकमा प्रदेश प्रमुख पर्शुराम खापुङले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यतालिका छ ।

यस्तै, आज नै लुम्बिनी प्रदेश सरकारको पनि आगामी आवको लागि नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदैछ । त्यसका लागि आज दिउँसो १ बजे प्रदेश सभाको बैठक आह्वान गरेको जनाइएको छ । लुम्बिनी प्रदेश सरकारले कृषि, स्वास्थ्य, शिक्षालाई प्राथमिकता दिएर नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको छ । सोही नीति तथा कार्यक्रमको आधारमा प्रदेश सरकारले बजेट सार्वजनिक गर्नेछ ।