आज यी प्रदेशहरुमा वर्षाको सम्भावना
२०७९ जेष्ठ २४, मंगलवार ०९:२५
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालको पूर्वी भू–भागमा मनसुनी वायुको सामान्य प्रभाव र मध्य तथा पश्चिमी भू–भागमा स्थानीय वायुको प्रभाव रहेको जनाएको छ । प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी भू–भागहरूमा आंशिक बदली भई प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा हल्का वर्षा भइरहेको छ ।
यस्तै, आज दिउँसो प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश १, बागमती, गण्डकी, मधेस प्रदेशका थोरै स्थानहरूमा तथा कर्णाली र लुम्बिनी प्रदेशका एक÷दुई स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ जनाइएको छ ।
