आज मकवानपुरसहित १२ जिल्लाका नदीनालामा पानीको बहाव बढ्ने
काठमाडौं । आज देशका १२ जिल्लाका साना नदीनालाहरूमा पानीको बहाव बढ्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार, आज मकवानपुरसहित १२ वटा जिल्लाका नदीनालाहरुमा पानीको बहाव बढ्ने सम्भावना रहेको छ । जसमा प्रदेश १ को झापा, मोरङ, सुनसरी, संखुवासभा, भोजपुर, बागमती प्रदेशको दोलखा, रामेछाप, मकवानपुर, ललितपुर र गण्डकी प्रदेशको लमजुङसँगै लुम्बिनी प्रदेशको गुल्मी र पाल्पा जिल्ला रहेका छन् ।
साथै महाशाखाले आवश्यक सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ । यस्तै, आज देशका प्रमुख तथा मझौला नदीहरूमा भने बहाव सामान्य हुने सम्भावना रहेको जनाइएको छ ।
