आज बागमतीसहित यी प्रदेशमा वर्षाको सम्भावना
२०७९ जेष्ठ २२, आईतवार ०९:१५
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आइतबार प्रदेश–१, बागमती प्रदेश र गण्डकी प्रदेशको केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । विभागका अनुसार आज प्रदेश–१, मधेस प्रदेश र बागमती प्रदेशमा सामान्यदेखि पूर्ण बदली र बाँकी भू–भागहरूमा आंशिकदेखि सामान्य बदली हुनेछ ।
हाल नेपालमा स्थानीय वायु र भारतको उत्तर प्रदेशदेखि पूर्वी बंगलादेशसम्म पूर्व–पश्चिम फैलिएको न्यून चापीय रेखाको प्रभाव रहेको छ । नेपालमा औसतमा जुन दोस्रो लसाता मनसुन सुरू हुने भएपनि यो वर्ष पहिलो साताको बिचमै मनसुन सुरु हुनसक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
