आईजीपी नियुक्ती विवादबारे आज पूर्ण सुनुवाई हुने

तु खबर संवाददाता
२०७९ जेष्ठ १७, मंगलवार ०९:४८

काठमाडौं । नेपाल प्रहरीको आईजीपी नियुक्ती विवादबारे आज पूर्ण सुनुवाई हुने भएको छ । बैशाख १८ मा मन्त्रिपरिषद्ले धीरज प्रताप सिंहलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको थियो ।

वरिष्ठता मिचेर मन्त्रिपरिषद्ले सिंहलाई आईजीपी नियुक्त गरेको भन्दै प्रतिस्पर्धी एआईजी विश्वराज पोखरेलले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । पोखरेलको रिटमा प्रारम्भिक सुनुवाई गर्दै बैशाख २२ मा न्यायाधीश सुष्मालता माथेमाले जेठ १७ मा पूर्ण सुनुवाइका लागि पेश गर्न आदेश गरेकी थिइन् ।

सर्वोच्च अदालतले धीरज प्रताप सिंहको व्यक्तिगत फाइल, उनलाई बढुवा गर्ने प्रस्ताव र मन्त्रिपरिषद्को निर्णय मिसिल झिकाएन आदेश जारी गरेको छ । आईजीपी सिंहले भने गत बैशाख १९ मा दर्ज्यानी चिन्ह लगाएर प्रहरीको कमाण्ड सम्हालिसकेका छन् ।