आज यी स्थानमा वर्षाको सम्भावना

तु खबर संवाददाता
२०७९ जेष्ठ १३, शुक्रबार ०८:५३
file-photo

काठमाडौं । नेपालमा स्थानीय वायु, भारतको विहारको आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ । हाल पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनुका साथै प्रदेश १ का एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भएको छ ।

दिउँसो पहाडी भू–भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । राति प्रदेश १, मधेस प्रदेशका थोरै र बाँकी प्रदेशका पहाडी भू–भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।