आज चट्याङसहित वर्षाको सम्भावना
२०७९ बैशाख २५, आईतवार ०८:५५
काठमाडौं । जल तथा मोसम पूर्वानुमान महाशाखाले हाल नेपालमा स्थानीय वायु, पश्चिमी न्यून चापीय प्रणाली र भारतको मध्य प्रदेशदेखि तामेलनाडुसम्म बनेको न्यून चापीय प्रणालीको संयुक्त प्रभाव रहनुका साथै देशभर आंशिकदेखि सामान्य बदली रहेको छ र प्रदेश १ का तराई भू–भागका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको जनाएको छ ।
महाशाखाका अनुसार, हाल आइतबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको थोरै स्थानहरूमा र बाँकी भू–भागका एक/दुई स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
