निर्वाचन आयोगले ३२ दललाई सोध्यो स्पष्टीकरण
काठमाडौं । निर्वाचन आयोगले विभिन्न राजनीति दललाई स्पष्टीकरण सोधेको छ । आयोगले आचारसंहिता उल्लङ्घन गरी चुनावी अभियानमा हिड्ने ३२ दललाई स्पष्टीकरणको सोधेको हो । आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखा प्रमुख एवं सहसचिव यज्ञप्रसाद भट्टराईले ३२ दल, उम्मेदवार तथा पदाधिकारीसँग स्पष्टीकरण सोधेको जानकारी दिए ।
आयोगले नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका दलहरुलाई स्पष्टीकरण सोधेको हो । आयोगले राजनीतिक दललाई पटक–पटक आचारसंहिताको पूर्ण पालनाका लागि आग्रह गर्दै विशेष निर्देशनसमेत जारी गर्दै आएको छ । यद्यपी आचारसंहिता उल्लङ्घनका घटनामा प्रमुख राजनीतिक दल मुछिने क्रम घटेको छैन ।
