मकवानपुरगढीमा गठबन्धन दलको घरदैलो अभियान जारी

तु खबर संवाददाता
२०७९ बैशाख २०, मंगलवार १०:३१

मकवानपुुर । आसन्न वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मकवानपुरगढी गाउँपालिका वडा नम्वर तीनमा गठबन्धन दलको संयुक्त चुनाव प्रचारप्रसार कार्यालय उद्घाटन गरिएको छ । गठबन्धन दलले आजबाट मकवानपुरगढीको तीन नम्वर वडामा घरदैलो अभियान पनि सुरु गरेको हो ।

वडाको देविडाँडाबाट गठबन्धन दलले चुनाव प्रसारप्रसार सुरु गरेको जनाएको छ । घरदैलो कार्यक्रममा नेकपा माओवादी केन्द्र जिल्ला सचिव भीम पाख्रिन, गठबन्धन दलको पालिका संयोजक राजविर मोक्तान कांगेस जिल्ला सदस्य भीमकुमारी न्यौपाने, कांग्रेस क्षेत्र नम्बर २ का संघीय सचिव बलराम घिमिरे, पूर्व संघीय सभापति यतिराज सापकोटा, माओवादी केन्द्र गाँउकमिटी अध्यक्ष राजकुमार खड्का, नेकपा एकीकृत समाजवादी गाँउ कमिटी सचिव रोमनाथ रेग्मीलगायत सहभागी थिए । गाउँपालिका अध्यक्ष पदका उम्मेदवार दोर्जे लामा स्याङ्तान र उपाध्यक्ष पदका उम्मेदवार मानकुमारी पाख्रिनले गठबन्धनलाई जिताउन मतदाताहरुलाई आग्रह गरे ।

गठबन्धन दलको घरदैलो कार्यक्रम अन्तरगत २० गते मंगलबार २ वडा नम्वर २ मा २१ गते ४, २२ गते ७, २३ गते १, २४ गते ५, २५ गते ८ र २६ गते ६ नम्वर वडामा संयुक्त चुनाव प्रचारप्रसार तथा घरदैलो कार्यक्रम गरिने तय भएको छ ।