कांग्रेस मकवानपुरगढी ३ नं वडा सभापतिमा लामा

तु खबर संवाददाता
२०७८ भाद्र २०, आईतवार १५:५४

मकवानपुर । नेपाली कांग्रेस मकवानपुरगढी गाउँपालिका वडा नम्वर ३ को सभापतिमा विजय थोकर (लामा) चयन भएका छन् ।

कांग्रेसको आज भएको वडा अधिवेशनले सापकोटासहित २१ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो ।

त्यसैगरी वडा समितिको उपसभापतिमा एकबहादुर पौडेल र निलप्रसाद न्यौपाने, सचिवमा रामकुमार बराइली र घनस्याम घिमिरे चयन भएका छन् ।

त्यस्तै सह–सचिवमा दिपक दाहाल र सृजना रुम्बा चुनिएको कांग्रेसका जिल्ला सदस्य अर्जुन दाहालले जानकारी दिए ।

अधिवेशनले कोषाध्यक्षको जिम्मेवारी भीम ढुंगानालाई दिएको छ भने सभापतिसहित क्षेत्रीय प्रतिनिधिमा १९ जना चयन गरेको छ ।