आज यी स्थानहरुमा वर्षाको सम्भावना

तु खबर संवाददाता
२०७९ बैशाख २०, मंगलवार ०९:२३
file-photo

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेशदेखि पश्चिम बङ्गालको समथर भू–भागसम्म बनेको न्यून चापीय प्रणाली तथा पश्चिम वायुको प्रभाव रहनुका साथै देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था रही प्रदेश १ को एक/दुई स्थानमा हल्का वर्षाको भइरहेको जनाएको छ ।

महाशाखाका अनुसार, मंगलबार पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही देशको अन्य भू–भागमा मौसम सामान्यता सफा रहने छ। पहाडी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।