निर्वाचनबारे टिकटक बनाएर धेरै ‘भ्युज’ पुर्याउनेलाई पुरस्कार
काठमाडौं । निर्वाचन आयोगले निर्वाचनको सन्देशमूलक भिडियोलाई टिकटक बनाएर धेरै ‘भ्युज’ पुर्याउनेलाई पुरस्कार प्रदान गर्ने भएको छ । आयोगले निर्वाचनको सन्देशमूलक भिडियो बनाएर ५० लाख ‘भ्युज’ पुर्याउनेलाई ५० हजार रुपैयाँ, ३० लाख भ्युज पुर्याउनेलाई ३० हजार रुपैयाँ र २० लाख भ्युज पुर्याउनेलाई २० हजार रूपैयाँ पुरस्कार प्रदान गरिने जनाएको छ ।
टिकटक भने आयोगले नै बनाएको निर्वाचनसम्बन्धी सन्देशमूलक भिडियोकै स्वरूपमा बनाउनु पर्नेछ । आयोगका अनुसार टिकटक बनाएपछि २९ बैशाखभित्र फेसबुक, युटयुब, टिकटकलगायत सामाजिक सञ्जालहरूमा पोष्ट गर्ने र सेयर गर्नुपर्नेछ ।
