हेटौंडा– ७ मा गठबन्धनको सम्पर्क कार्यालय स्थापना
मकवानपुर । गठबन्धन दलको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ७ नागस्वती तथा हरियालीमा सम्पर्क कार्यालय स्थापना गरिएको छ । बिहीबार बिहान मेयर पदका उम्मेदवार मिनाकुमारी लामा र उपमेयरका उम्मेदवार राजेश बानियाँले संयुक्त रुपमा सम्पर्क कार्यालयको उद्घाटन गरेको थिए ।
उद्घाटन कार्यक्रममा बोल्दै लामा र बानियाँले गठबन्धन नेतृत्व दलले नगरको परिवर्तन गर्न सक्ने भन्दै मतदातालाई मतदिन आग्रह गरेका थिए । कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका कार्यबाहक सभापति विष्णुप्रसाद लामिछानेको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा कांग्रेस, माओवादी केन्द्र, नेकपा एस तथा रापप्रा निकट नेता कार्यकर्ताहरुको उल्लेख सहभागिता रहेको थियो ।
