आज हल्का वर्षाको सम्भावना

तु खबर संवाददाता
२०७९ बैशाख १४, बुधबार ०८:४१
file photo

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशको पहाडी भू–भागमा स्थानीय वायु तथा पश्चिम वायुको प्रभाव रहनुका साथै पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको जनाएको छ ।

महाशाखाका अनुसार, बुधबार देशको गण्डकी प्रदेश र प्रदेश १ को पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बागमती र मधेस प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश १ का पहाडी भू–भागका केही स्थानहरू र गण्डकी प्रदेश, बागमती प्रदेश र मधेस प्रदेशका एक÷दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।