आज पहाडी भू–भागमा आंशिक बदली रहने

तु खबर संवाददाता
२०७९ बैशाख १०, शनिबार ०९:११
file-photo

मकवानपुर । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा भारतको बिहार तथा पश्चिम बंगाल आसपास रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहनुका साथै स्थानीय वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार, हाल गण्डकी प्रदेश र प्रदेश नं. २ का पहाडी भू–भागमा आंशिक बदली र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

यस्तै, आज दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । देशका पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।