कांग्रेसका शीर्ष नेताहरुबीच छलफल जारी

तु खबर संवाददाता
२०७९ बैशाख ८, बिहीबार १७:०१
file-photo

काठमाडौं । प्रधानमन्त्रीको निवास बालुवाटारमा नेपाली कांग्रेसका शीर्ष नेताहरुको छलफल जारी छ । सत्तारुढ गठबन्धनभित्र महानगर र उपमहानगरपालिकामा सिट बाँडफाँट भएपछि कांग्रेस आन्तरिक छलफलमा जुटेको हो ।

बैठकमा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा, नेताहरु प्रकाशमान सिंह, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, शशांक कोइराला लगायत सहभागी रहेका छन् । बुधबार बसेको गठबन्धनले ६ महानगर र ११ उपमहानगरपालिका प्रमुख÷उपप्रमुखको भागबण्डा मिलाएको थियो ।