आज पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने

तु खबर संवाददाता
२०७९ बैशाख ८, बिहीबार ०८:४६
file-photo

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा उत्तर प्रदेश, बिहार र पश्चिम बंगालमा बनेको न्यून चापीय रेखाको प्रभावका साथै स्थानीय वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार, सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेश तथा देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा सामान्यतया सफा रहेको छ ।

देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ । देशका पहाडी भू–भागका केही स्थान र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।