सशस्त्रका ५६ इन्सपेक्टरलाई डीएसपीमा बढुवाका लागि सिफारिस
काठमाडौं । सशस्त्र प्रहरी बलका ५६ प्रहरी निरीक्षक (इन्सपेक्टर) लाई प्रहरी नायव उपरीक्षक (डिएसपी) मा बढुवाका लागि सिफारिस गरेको छ । गृहमन्त्रालयको बढुवा समितिको सोमबार बसेको बैठकले ५६ इन्सपेक्टरलाई डिएसपीमा बढुवाका लागि सिफारिस गरेको हो ।
समितिको बैठकले सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ३९ को उपनियम (१) को (ग) बमोजिम इन्सपेक्टरलाई डिएसपीमा बढुवाका लागि सिफारिस गरेको हो । बढुवा सिफारिस उपर चित्त नबुझ्ने सशस्त्र प्रहरी निरीक्षकहरुले ऐन नियमावलीको नियम ५५ मा व्यवस्था भए बमोजिम ७ दिनभित्र बढुवा उपरको उजुरी सुन्ने समिति समक्ष उजुरी दिन सक्ने जनाइएको छ ।
