आज कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

तु खबर संवाददाता
२०७८ चैत्र ३०, बुधबार ०८:२८

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठब आज बस्दैछ । बैठक आज दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बस्ने गरी बोलाइएको हो । स्थानीय तह निर्वाचनका लागि घोषणापत्रको तयारीबारे छलफल गर्न बैठक बस्न लागेको हो ।

आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि कांग्रेसले बैशाख ११ गते घोषणापत्र सार्वजनिक गर्दैछ । महामन्त्री गगन थापा संयोजक रहेको घोषणा पत्र तयारी समितिले विभिन्न क्षेत्रका विज्ञसंग छलफल गरी घोषणापत्रमा समेटिने पर्ने विषयमा सुझाव लिइरहेको ।