कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । बैठक यही चैत्र ३० गते दिउँसो २ बजे बस्ने गरी बोलाइएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
मुख्यसचिव पौडेलले सोमबार एक सूचना जारी गर्दै सो बारे जानकारी दिएका हुन् । बैठकमा पार्टी पदाधिकारी, केन्द्रीय सदस्य लाई बोलाएका छन् । बैठकमा स्थानीय तह निर्वाचन–२०७९, घोषणापत्र सम्बन्धी छलफल लगायतका विषयमा छलफल हुनेछ ।
हेर्नुहोस् विज्ञप्ति ।

